काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मुल्यमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साभारण सेयर बिक्री गर्न लागेको हो । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
जसमध्ये जसमध्ये ३ लाख कित्ता (३ तीन करोड रुपैयाँ) कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता( तीन करोड रुपैयाँ) सामूहिक लगानी कोष लाई र बाँकी ५४ लाख कित्ता (५४करोड रुपैयाँ) सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आईपीओमा छिटोमा पुस २ गते र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आईपीओमा लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कमलादी, काठमाडौं तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूणर् सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीको हाल १ अर्ब ४० करोड चुक्ता पुँजी रहेकाे छ भने कम्पनीको आईपीओ निष्कासन पछि २ अर्ब पुग्नेछ ।