२०८१ भदौ २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटप्राइम लाइफ इन्स्योरेन्स र एनसीएचएल बीच सम्झौता

प्राइम लाइफ इन्स्योरेन्स र एनसीएचएल बीच सम्झौता


काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार डिजिटल माध्यमबाट भुक्तानी गर्ने नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी गर्ने दुई संस्थाबीच सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा प्राइमलाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

प्राइम लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल—आईपीएस र कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीसँग जोडिएपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबार आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ ।
साथै प्राइम लाइफ इन्स्योरेन्सका बिमितहरुले आफ्नो बिमा शुल्क पनि अनलाइनमार्फत तिर्न सक्ने
कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट, बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ