काठमाडौ । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँ लाखभन्दा माथिको शेयर धितोमा १५० प्रतिशत जोखिम भार रहने व्यवस्था गरेको छ ।
केन्द्रिय बैंकले आज एकीकृत निर्देशन, २०७९ मा संशोधन/परिमार्जन/थप गर्दै “क” “ख” र “ग” वर्गका वाणिज्य,विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई परिपत्र जारी गदै यस्तो व्यवस्था गरेको हो ।
यस अघिको सेयर धितोको २५ लाख रुपैयाँ लाखभन्दा माथिको कर्जामा १५० प्रतिशत जोखिम भार रहेकामा यसलाई राष्ट्र बैंकले परिमार्जन गरेर ५० लाख रुपैयाँ लाखभन्दा माथिको शेयर धितोमा १५० प्रतिशत जोखिम भार रहने व्यवस्था गरेको छ ।
त्यस्तै,राष्ट्र बैंकले घरजग्गा र सवारी कर्जाको जोखिम भारसम्बन्धी व्यवस्था पनि संशोधन गरेको छ ।
नयाँ व्यवस्थाअनुसार २५ रुपैयाँ लाखसम्मको व्यक्तिगत सवारीकर्जामा जोखिम भार १५० प्रतिशतसम्म हुनेछ । त्यस्तै,विभिन्न संघ/संस्था तथा विकास आयोजना/परियोजनाको जग्गा प्राप्तिका लागि जग्गा धितो कर्जामा १०० प्रतिशतसम्म जोखिम भार कायम हुनेछ ।
राष्ट्र बैंकले २०८०/८१ को मौद्रिक नीति मार्फत शेयर धितो ,रियल स्टेट तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने बताए सँगै केन्द्रिय बैंकले निर्देशिका संशोधन गरेको हो ।
त्यस्तै, २५ रुपैयाँ लाखभन्दा माथिको व्यक्तिगत सवारी कर्जामा १०० प्रतिशतसम्म जोखिम भार गणना गरिने छ ।