२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङमुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स बर्गरमा विशेष छुट पाउने 

मुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स बर्गरमा विशेष छुट पाउने 


काठमाडौं । मुक्तिनाथ विकास बैंकका गा्रहकले सेफ्स बर्गरमा विशेष छुट पाउने भएका छन् ।

बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नेपाल विभिन्न स्थानहरुमा शाखाहरु रहेको सेफ्स बर्गर प्रा.लि सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सेफ्स बर्गर प्रा. लिका विभिन्न शाखाहरुमा फुड एण्ड बेभरेज सेवामा विशेष १० % छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #मुक्तिनाथ विकास बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ