२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङअसार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकले छुुट सुविधा पाउने

असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकले छुुट सुविधा पाउने


काठमाडौं । असार मसान्तभित्र मर्जर भएर एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकहरुले छुुट सुविधा पाउने भएका छन् ।

नेपाल राष्ट्र्र बैंकले आज एक परिपत्र जारी गदै वाणिज्य बैंकहरुले २०८० असार मसान्तभित्र एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा गई एकीकृत कारोबार सञ्चालन गरेमा सुविधा तथा छुट प्रदान दिने भएको हो ।

राष्ट्र्र बैंकले वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार सञ्चालन गरेको मितिबाट सुविधा तथा छुट प्रदान दिएको हो

वाणिज्य बैंकहरुले मर्जर प्रक्रिया गई असार मसान्तसम्ममा एकीकृत कारोबार सञ्चालन गरेमा देहबमोजिमको छुट सुविधा पाउने भएका छन्

(१) तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने ।

(२) सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई यस बैंकबाट इजाजतपत्रप्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने ।

(३) एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न ६ महिनाको समय प्रदान गरिने ।

(४) गाभ्ने/गाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर यस बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने ।

(५) यस बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५ प्रतिशत बिन्दुले थप गरिने ।

(६) एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दूरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म यस बैंकको स्वीकृति आवश्यक नपर्ने ।


क्याटेगोरी : बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ