काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।
जेष्ठ ३ गते देखि १० गते सम्म तिन चरणमा आयोजित तालिम कार्यक्रममा ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत १३५ जना फिल्ड कर्मचारीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले गरेका थिए । उनले तालिम कार्यक्रमको उद्देश्यबारे प्रकाश पादै यस प्रकारको कार्यक्रमहरुले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम श्रवण कुमार सपोर्ट प्रा.लिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोख्रेलले प्रशिक्षण दिएका थिए ।
साथै उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारी सहित विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी ,रबिन खतिवडा, दिपेन्द्र खनाल, प्रदिप श्रेष्ठ, राजिव डंगौरा लगाएत सुदिप श्रेष्ठ र रुपेश घिमिरेले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धी तालीम प्रदान गरेका थिए ।
नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘विपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो ।
हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ७६ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब रु. ५ अर्ब १८ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्व ८८ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।