काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा जेठ ३२ गते बस्ने भएको छ ।
उक्त सभा भक्तपुरको लोकनथली स्थित दिव्यश्वरी पाटी प्यालेस एण्ड क्याटिटङ्गमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ । संस्थाको जेठ १० गते बसेको सञ्चालक समितिको ६४ औं बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभाको मिति तय गरेको हो ।
सभाले अन्य कुनै उपयुक्त एक वा सोभन्दा बढी लघुवित्त कम्पनी गाभ्ने वा प्राप्ति प्रक्रिया अगाडि बढाउनका लागि गर्नुपर्ने सम्पूण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थाको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते सम्म बुक क्लोज गर्ने निणर्य गरेको छ । १७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन पाउने छन् ।