२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङयुनिक नेपाल लघुवित्तको एफपीओ आजबाट

युनिक नेपाल लघुवित्तको एफपीओ आजबाट


काठमाडौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँको एफपीओ निष्काशन गरेको छ ।

आज जेठ ११ गतेदेखि साविकको युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्जर भई बनेको युनिक नेपाल लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५००  रुपैयाँको ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयरको एफपीओकाे बिक्री खुला गरेको हो ।

युनिक नेपाल लघुवित्तकाे  कुल चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँको ९४.०१ प्रतिशतले हुन आउने संस्थापक समूहको १० करोड ४० लाख २ हजार ५०० रुपैयाँ र ५.९९ प्रतिशत हुन आउने सर्वसाधारण समूहको ६६ लाख ३० हजार रकम बराबरको सेयर कायम रहेको हुनाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिनका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम युनिक नेपाल लघुवित्तले बिक्री खुला गरेको छ ।

लघुवित्तको एफपीओमा छिटोमा जेठ १७ गते र ढिलोमा जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले  प्रतिकित्ता १ सय अंकित मूल्य दरले  न्यूनतम १० कित्तादेखि अधिकतम १ सय कित्तासम्म आवेदन दिन सकिने लघुवित्तले जनाएको छ ।

लघुवित्तको एफपीओमा निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।


क्याटेगोरी : बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ