काठमाडौं – समीट लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा जेठ ३० गते बस्ने भएको छ ।
उक्त सभा काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको पाटी प्यालेसमा बिहान १०:३० बजेबाट सुरु हुनेछ । संस्थाको जेठ ८ गते बसेको सञ्चालक समितिको ३५ औं बैठकले कम्पनीको ४ औ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी ४९ करोड ४ लाख रुपैयाँ बराबरको कुल १३.५६२७५३ प्रतिशतले हुन आउने ६ करोड ७० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यस्तै सभाले ३५ लाख २६ हजार ३१५ रुपैयाँ बराबरको नगद लाभांश (बोनश शेयर तथा नगद लाभांश शेयरमा लाग्ने कर समेत गरी ) वितरण गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।
सभाले कम्पनीको संस्थापक सेयर संस्थापक सेयरधनीको ७० प्रतिशत र सर्वसाधारण सेयरधनीको ३० प्रतिशत सेयर कायम गर्न नेपाल राष्ट्र बैंकबाट समेत निर्देशन भएको हुँदा आर्थिक वर्ष २०७८-७९को बोनस सेयर वितरणपश्चात कायम हुने संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारणतर्फको ८ लाख ५३ हजार ६६५ कित्ता साधारण सेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्कासन (एफपीओ)को माध्यमबाट सेयर जारी गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
सभाले अन्य कुनै उपयुक्त एक वा सोभन्दा बढी लघुवित्त कम्पनी गाभ्ने वा प्राप्ति प्रक्रिया अगाडि बढाउनका लागि गर्नुपर्ने सम्पूण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थाको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ देखि ३० गते सम्म बुक क्लोज गर्ने निणर्य गरेको छ । १७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।