२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङमैद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)

मैद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)


काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

केन्द्रिय बैंकले आज चालु आवको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गदै बैंकदरलाई १ प्रतिशत घटाएर ८.५  बाट ७.५ प्रतिशत कायम गरेको छ ।

त्यस्तै, राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना/पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले वास्तविक क्षेत्रको कर्जा र अन्य क्षेत्रको ५ करोडसम्मको कर्जालाई पुनर्संरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरेकोे छ ।

साथ मौद्रिक नीतिको समिक्षामार्फत् निर्माण तथा निर्माणसँग जोडिएका क्षेत्रलाई थप राहत दिने उद्देश्यले कर्जाको पुनरतालिकीकरणको सुविधा दिइएको छ ।
अर्थतन्त्रमा देखिएको वास्तविक क्षेत्रमा देखिएको समस्या समाधानका लागि यस्तो व्यवस्थाले सहयोग पुग्नेछ ।

 

मौद्रिक नीतिको समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका ऋणपत्रहरुलाई कर्जा-निक्षेप अनुपात गणनाको समयसमेत थप गरिएको छ ।

कर्जा-निक्षेप अनुपात गणना गर्ने प्रयोजनको लागि स्रोत (निक्षेप) को रुपमा गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मको लागि निरन्तरता दिइएको छ । यसअघि साउन १ गतेसम्मका समय दिइएको थियो ।


क्याटेगोरी : बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ