२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङज्योति विकास बैंकको गोकर्ण शाखा उद्धघाटन

ज्योति विकास बैंकको गोकर्ण शाखा उद्धघाटन


 

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको गोकर्णमा १२० औं शाखाको औपचारिक उद्धघाटन गरेको छ ।

ग्राहकवर्गहरु समक्ष बैंकिङ्ग सेवाको पहुंच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैशाख २८ गते गोकर्णेश्वर नगरपालकिा वडा नं. ४, काठमाडौंस्थित गोकणर् शाखाको समुद्धघाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल र बैंकका संचालक राम कुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

उद्धघाटन समारोहमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल लगायत विभिन्न पदाधिकारी, कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।

उद्धघाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले बैंकको नयाँ शाखाले सो क्षेत्रका ग्राहकहरुका लागि बैंकिङ सेवा थप सुलभ र सहज बनाई वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नुका साथै उत्पादनशील क्षेत्रमा लगानी गर्दै सो क्षेत्रको आर्थिक वृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

साथै, बैंकका संचालक राम कुमार श्रेष्ठले नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र आगामी दिनहरुमा पनि ज्योति विकास बैंकले सेवाग्राहीलाई अझ सहज, सरल र आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसका साथै, बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत  कपिल ढकालले कार्यक्रममा बोल्दै ज्योति विकास बैंक  देशको उद्यमशीलता र अर्थतन्त्रमा योगदान गर्ने ध्येय बोकी नागरिकहरुको समृद्धिमा सधैँ साथ दिन र उच्चतम बैंकिङ्ग सेवा प्रदान गर्न अग्रसर रहेको कुरामा थप प्रकाश पारे ।

शाखा विस्तारसँगै उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको १२१ वटा शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम पुगेको छ ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #ज्योति विकास बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ