२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङसाना किसान लघुवित्तको बढ्यो नाफा

साना किसान लघुवित्तको बढ्यो नाफा


काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्ष २०७९÷०८०को तेस्रो त्रैमाससम्म खुद मुनाफातर्फ ५८ करोड ७६ लाख आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको यस अवधिमा ५० करोड २५ नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म साना किसान लघुवित्तको नाफा गत आवको यस अवधिको तुलनामा १६.९३ प्रतिशतले बढेको हो ।

साना किसानको चालु आव तेस्रो त्रयमाससम्ममा कुल निक्षेप संकलन १४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै १८ अर्ब ६४ करोड सापटी लिई ३१ अर्ब ६८ करोड रुपैयाँ बरबर कर्जा लगानी गरेको छ । यस अवधिमा साना किसानको खुद ब्याज आम्दानी १ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

यस अवधिमा साना किसान लघुवित्तको सञ्चालन मुनाफा ८३ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

चुक्तापुँजी १ अर्ब ९७ करोड रुपैयाँ रहेको साना किसानको २ अर्ब ३९ करोड रुपैयाँ रिजर्भको आकार रहेको छ।

त्यस्तै, गत आवको यस अवधिमा एनपीएल ०.५९ प्रतिशतमा समिति रहेकोमा चालु आवको यस अवधिमा एनपीएल बढेर १.४२ प्रतिशत पुगेको छ ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #साना किसान लघुवित्त वित्तीय संस्था


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ