काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्ष २०७९/०८०को तेस्रो त्रैमाससम्म खुद मुनाफातर्फ ८८ करोड ६ लाख आर्जन गर्न सफल भएको छ ।
गत आर्थिक वर्षको यस अवधिमा ७१ करोड ७१ नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म छिमेक लघुवित्तको नाफा गत आवको यस अवधिको तुलनामा २२.८१ प्रतिशतले बढेको हो ।
छिमेकको चालु आव तेस्रो त्रयमाससम्ममा कुल निक्षेप संकलन ३० अर्ब २२ करोड रुपैयाँ र कर्जा लगानी रकम ३२ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । त्यस्तै यस अवधिमा छिमेकको खुद ब्याज आम्दानी २ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।
छिमेकको यस अवधिमा सञ्चालन मुनाफा १ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।
चुक्तापुँजी २ अर्ब ८३ करोड रुपैयाँ रहेको छिमेकको अघिल्लो वर्ष रिजर्भमा २ अर्ब २४ करोड रुपैयाँ रहेकोमा रिजर्भको आकार भने ६.९५ प्रतिशतले बढेर २ अर्ब ३९ करोड रुपैयाँमा रहेको छ ।
त्यस्तै, गत आवको यस अवधिमा एनपीएल ०.९२ प्रतिशतमा समिति रहेकोमा चालु आवको यस अवधिमा एनपीएल बढेर १.१९ प्रतिशत पुगेको छ ।