काठमाडौं – नेरुडे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा माघ २८ गते बस्ने भएको छ ।
उक्त सभा मोरङको विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
लघुवित्त संस्थाको पुस २९ गते बसेको सञ्चालक समितिको ३०२ औं बैठकले कम्पनीको १६ औ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।
उक्त बैंठकले गत आर्थिक २०७८/७९ नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पुँजी ६० करोडको २२ प्रतिशतका दरले हुन आउने १३ करोड २० लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै हाल कायम चुक्ता पुँजीकै १.१५७९ प्रतिशतका दरले हुन आउने ६९ लाख ४७ हजार ३६८.४२ रुपैयाँ बराबरको नगद लाभाशं (बोनश शेयरमा लाग्ने कर बापतको रकम) वितरण गर्ने प्रस्ताव रहेको छ ।
सभाले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थाको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
साथै सभामा संस्थाको जारी र चुक्क्ता पुँजी बृद्धी गर्ने, संस्थाले अन्य इजाजतप्राप्त अन्य कुनै एक वा एक भन्दा बढी उपयुक्त वित्तीय वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने/गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव समेत हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ १७ गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ । माघ १६ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।