काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१को साउन र भदौ महिनामा विकास बैंकहरुले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार संचालनमा आएका १७ विकास बैंकहरु मघ्ये १३ वटा विकास बैकले नाफा कमाएका छन् भने ४ वटाले खुद घाटा व्यहोरेका छन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा धैरे नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथ विकासले यस अवधिमा ३१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै गरिमा विकासले १६ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाउदै दोस्रो स्थान रह्यो । लुम्बिनी विकासले १५ करोड ६७ लाख रुपैयाँ,कामना सेवा विकासले १३ करोड ९१ रुपैयाँ र सांग्रिला डेभलपमेन्टले १२ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै,शाइन रेसुङ्गा डेभलपमेन्टले ११ करोड ७१ लाख रुपैयाँ, महालक्ष्मी विकासले ११ करोड ४५ लाख रुपैयाँ, ज्योति विकासले १० करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन । त्यस्तै कर्णाली डेभलपमेन्टले ४ करोड ६८ लाख रुपैयाँ, सिन्धु विकासले २ करोड ७४ लाख रुपैयाँ, कर्पोरेट डेभलपमेन्टले २ करोड ६६ लाख रुपैयाँ, ग्रीन डेभलपमेन्टले १ करोड ३ लाख रुपैयाँ र साल्पा विकासले ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै यस अवधिमा एक्सल, सप्तकोशी, मेतेरी र नारायणी डेभलपमेन्ट बैंक खुद घाटा गएका छन् । यस अवधिमा एक्सल डेभलपमेन्टको खुद घाटा १७ करोड ५० लाख रुपैयाँ पुगेको छ। सप्तकोसीको १ करोड ६७ लाख रुपैयाँ, नारायणीको ७६ लाख र मितेरीले ६४ लाख रुपैयाँ खुद घाटा व्यहोरेका छन ।