२०८२ वैशाख १९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रविकास बैंकसाउन महिनामा राष्ट्रिय स्तरको विकास बैकहरुको नाफा ८४ करोड भन्दा बढी

साउन महिनामा राष्ट्रिय स्तरको विकास बैकहरुको नाफा ८४ करोड भन्दा बढी


काठमाडौं । चालु आर्थिक बर्ष २०८०/०८१ को पहिलो महिनामा संचालनमा आएका राष्ट्रिय स्तरका ८ वटा विकास बैंकहरुले ८४ करोड २१ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अबधिमा राष्ट्रिय स्तरका  विकास बैंकहरुमघ्ये सबैभन्दा बढी नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक रहेको छ ।

गरिमा विकास बैंकले चालु आवको यस अबधिमा २४ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै यस अबधिमा खुद नाफा आर्जन गर्ने दोस्रो स्थानमा मुक्तिनाथ विकास बैक रहेको छ । मुक्तिनाथ विकास बैकले यस अवधिमा १६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

तेस्रोमा रहेको कामना विकास बैंकले ८ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । लुम्विनी विकास बैंकले ७ करोड ९१ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले ७ करोड ८५ लाख रुपैयाँ, साइन रेसुङ्गा विकास बैंकले ७ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै,ज्योति विकास बैंकले ५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकले ५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।


क्याटेगोरी : विकास बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ