२०८१ असोज १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङकामना सेवा र नेभ नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता

कामना सेवा र नेभ नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता


काठमाडौं । कामना सेवा विकास बैंक र नेभ नेपाल प्रा.लि बीच विद्युतिय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ ।

बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले नेभ नेपाल सँग सम्झौता गरेको हो ।

यस सम्झौतामा   बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र नेभ नेपालको तर्फबाट कार्यकारी अधिकृत सबिता कुमारी क्षेत्रीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात नेभ नेपालका  विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले  बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्र  ।


क्याटेगोरी : बैंकिङ, विकास बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ