२०८१ कात्तिक २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रवाणिज्य बैेंकराष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाले लिए शपथ

राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाले लिए शपथ


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

आज बैंकका नवनियुक्त अध्यक्षले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सोमबार बैंकको सञ्चालक समितिको बसेको बैठकले दिलीपकुमार ढुङ्गानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।

शपत ग्रहण कार्यक्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले बैंकको संस्थागत सुशासन तथा जोखिम व्यवस्थापनमा जोड दिंदै सरकार तथा राष्ट्र बैंकको नीति निर्देशनलाई अंगिकार गर्दै ग्राहकमुखी व्यवसाय बृद्धिमा बैंक लाग्नुपर्ने बताए ।

आजै पदबहाली समेत गरेका नवनियुक्त अध्यक्ष ढुङ्गानाले बैंकिङ क्षेत्रमा आफ्नो लामो अनुभवको भएको बताउँदै सदैव बैंकको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।


क्याटेगोरी : वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ