काठमाडौं – साङ्गे विद्युत कम्पनीले ३० असारमा विशेष साधारणसभा बोलाएको छ । कम्पनीको १४ असारमा बसेको सञ्चालक समितिको बैठकले विशेषसभा गर्ने निर्णय गरेको हो ।
सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र हालसम्म संशोधनसहितको एकीकृत प्रबन्धपत्र तथा नियामावली स्वीकृत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पेस हुनेछ । सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले २२ देखि ३० असारसम्म बुक क्लोज गर्ने भएको छ ।