२०८१ भदौ २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो

राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो


काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि जारी गरेको छ।

 

सोमबार केन्द्रिय बैंकको नियमन विभागले  वित्तीय ग्राहक संरक्षण तथा गुनासो ब्यवस्थापन कार्यविधि-२०७७’  जारी गरेको हो। राष्ट्र बैंकबाट इजाजतपत्र — अनुमति लिइ कारोबार गरिरहेका वा गर्ने वित्तीय सेवा प्रदायक तथा सम्पूणर् वित्तीय मध्यस्थता सेवा तथा राष्ट्र बैंकको क्षेत्राधिकारमा पर्ने अन्य बिषयबस्तुलाई यो कार्यविधिले समेट्को छ ।

वरिष्ठ डेपुटी गभर्नरको संयोजकत्वमा गुनासो ब्यवस्थापन समिति बनाइएको छ। समितिमा अर्का डेपुटी गभर्नर, नियमन र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सदस्य हुने छन् भने अर्थमन्त्रालयका सहसचिव, बैंकर्स संघका अध्यक्ष, एफएनसीसीआइका अध्यक्ष पनि हुने छन्। नियमन विभागका निर्देशक सदस्य सचिव हुने छन्। त्यस्तै समितिको वैठकमा छलफल हुने गुनासो प्रकृतिर बिषयको आधारमा सम्बन्धित विभाग तथा निकायबाट आवश्यकता अनुसार बढिमा चार जन विज्ञलाई बैठकमा डाकिने छ।

 

कार्यविधिमा कस्ता गुनासाहरु गर्न मिल्छ भनेर उल्लेख गरिएको छ। र, गुनासो बारे निवेदन कसरी दिने भनेर पनि सिकाइएको छ। इकाइले कसरी गुनासोको सुनुवाइ गर्छ भनेर पनि विस्तृतमा ब्याख्या गरिएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ