खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले ३८ कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ ।
न्यून गुणस्तर र दुषित खाद्य वस्तु उत्पादन गर्ने ३८ कम्पनी विरुद्ध मुद्धा दायर गरेको विभागले जनाएको छ । विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतबाट मुद्धाहरु दर्ता गरेको छ ।
चालु आवको ६ महिना अवधिमा न्यून स्तर तथा दुषित उत्पादन र विक्री–वितरण गरेको कसुरमा ११ थान मुद्दाहरु र अर्धवार्षिक अवधिमा ३८ थान मुद्दाहरु जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको छ ।
दायर भएका ३८ मुद्दामध्ये सबैभन्दा धेरै दूध तथा दुग्ध पदार्थका रहेका छन् । विभागका अनुसार दुध तथा दुध दुग्ध पदार्थका १३ मुद्दा दायर भएका छन् ।
त्यसैगरी मसला पदार्थको ५ वटा, प्रशोधित पिउने पानीको ५ वटा, खाद्य एवं दलहन तथा सोबाट बनेका पदार्थका ५ वटा दायर भएका छन् ।
यस्तै चियाका ४ वटा, महको १, सोया ससको १, तेलको १, दानाको ३ वटा मुद्धा दायर भएको विभागले जनाएको छ ।
३८ मध्ये १९ वटा मुद्धाहरु दुषितका, १० वटा न्यून गुणस्तरका, एउटा मुद्धा अनुज्ञा नमिलेको, ७ वटा लेबल नमिलेका र एउटा मुद्धा खाद्य ऐन नियम निर्देशिका उलंघन सम्बन्धी रहेको प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी गराएका छन् ।