२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशमधेश प्रदेशसनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग

सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग


काठमाडौं । सनराइज बैंक लि.ले सामाजिक उत्तरदायित्व  योजना अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

सोही योजना अनुसार बैंकले लहान नगरपालिका —१५ ढोढना सिराहास्थित श्री राजदेबी पंचावती मन्दिर संरक्षण बिकास समितिलाई मन्दिर क्षेत्रमा भक्तजनको सुबिधाको लागि फूल बगैंचा निर्माणार्थ नगद एक लाख रुपैयाँ एक कार्यक्रमका बिच प्रदान गरिएकाे बैंकको लहान शाखाका शाखा प्रमुख अरुण राज पौडेलले जानकारी दिए ।

मन्दिर संरक्षण समितिका अध्यक्ष घुरन चौधरीको अध्यक्षतामा गरिएको उक्त कार्यक्रमामा सनराइज बैंकको मधेश प्रदेशका प्रदेश प्रमुख दिपक पण्डितको उपस्थितिमा सहयोग रकम हस्तानतरण गरिएको  हो ।

बैंकले मंदिरलाई आधुनिक प्रविधिमय बनाउन यस अघि डिजिटल Donation को लागि Digital QR पनि हस्तानतरण गरिएको शाखा प्रमुख पौडेलले जानकारी दिए ।

लहानमा बैंकको शाखा स्थापना भएसँगै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समुदायमा विभिन्न कार्यक्रम गर्दै आएको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : मधेश प्रदेश
ट्याग : #घुरन चौधरी, #दिपक पण्डित, #श्री राजदेबी पंचावती मन्दिर संरक्षण बिकास समिति, #सनराइज बैंक लि.


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ