२०८२ वैशाख २१, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रहिमालयन बैंकको नाफा १३.८%ले बढ्यो, एनपीएलमा समेत उल्लेख्य सुधार

हिमालयन बैंकको नाफा १३.८%ले बढ्यो, एनपीएलमा समेत उल्लेख्य सुधार


हिमालयन बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको लोभ लाग्दो वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले ७४ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १३।८० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ६५ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
चालु आर्थिक वर्ष ६ महिनासम्म बैंकको वितरणयोग्य मुनाफा २४ करोड ५१ लाख रुपैयाँ रहेको छ।

यो अवधिसम्म बैंकले १ अर्ब ६ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ९८ लाख ६४ करोड रुपैयाँ रहेको थियो। यो हिसाबले बैंकको सञ्चालन मुनाफा ७।६६ बढेको छ।

समीक्षा अवधिसम्म बैंकले १ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ८।९१ प्रतिशतले
गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यो ६ महिनाको अवधिमा बैंकले १ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

 


क्याटेगोरी : अर्थतन्त्र
ट्याग : #हिमालयन बैंक लिमिटेड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ