२०८२ वैशाख २१, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रगोर्खाज फाइनान्स डुबने अवस्थामा, सिईओले दिए राजीनामा

गोर्खाज फाइनान्स डुबने अवस्थामा, सिईओले दिए राजीनामा


काठमाण्डौ । कम्पनीको नाफामा निकै गिरावट भए सँगै गोर्खाज फाइनान्स डुबने अवस्थामा पुगेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ६ करोड ५८ लाख रुपैयाँ रहेको नाफा घटेर चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १ करोड ६५ लाखमा सीमित बन्न पुगेको छ ।

फाइनान्सको संचालन मुनाफामा झनै गिरावट भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म २४ करोड ३३ लाख रहेको संचालन मुनाफा घटेर यो वर्ष ३ करोड १५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।
कम्पनीको शेयरमा समेत पहिरो गएको छ । कुनै समय प्रति किता रु.३२०० रहेको शेयर अहिले रु.८७० मा झरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले राजीनामा दिएका खुलेको छ । राजीनामाको विषय भने आधिकारिक रुपमा अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

 

 

 


क्याटेगोरी : अर्थतन्त्र
ट्याग : #गोर्खाज फाइनान्स, #सिईओ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ