गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ विश्व बैंकको लगानीमा लुम्बिनी र प्रदेश २ मा अक्सिजन प्लान्ट विश्व बैंकको लगानीमा लुम्बिनी र प्रदेश २ मा अक्सिजन प्लान्ट Karobarpati आईतबार, २०७८ मंसीर १९ गते, १३:२९ मा प्रकाशित काठमाडाैं – विश्व बैंकको सहुलियत ऋण लगानीमा लुम्बिनी र प्रदेश २ को प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । कोभिड-१९ विरुद्ध लड्नका लागि बैंकको सहुलियत ऋण दिएको थियो । उक्त ऋणबाट लम्बिनी र जनकपुर प्रादेशिक अस्पतालमा प्लान्ट स्थापना भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका क्षेत्रीय प्रमुख डा. मदन कुमार उपाध्याय र विश्व बैंक नेपाल, श्रीलंका तथा माल्दिभ्सका राष्ट्रिय निर्देशक फासिर हदाद जर्भोसले आइतबार संयुक्त रुपमा प्लान्टको उद्घाटन गरे । बैंकको ऋण लगानीमा सञ्चालित ‘कोभिड-१९ आपतकालीन उद्धार तथा स्वास्थ्य प्रणाली तयारी परियोजना’ कार्यक्रम अन्तर्गत आगामी २० डिसेम्बरभित्र प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि अक्सिजन प्लान्ट स्थापना हुने बैंकले जनाएको छ । तीन वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसमेत यसै परियोजना अन्तर्गत हुनेछ । गत भदौमा सरकार र विश्व बैंकबीच विद्यालय र स्वास्थ्य क्षेत्र सुधारका लागि नेपाललाई करिब ६ अर्ब ऋण लगानी गर्ने सम्झौता भएको थियो । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ट्रेण्डिङ सेन्चुरी बैंकको लाभांश घोषणा पोखरा फाइनान्सको बोनस सेयर घोषणा विदेशी मुद्राको विनिमय दर कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने सकिने सेन्चुरी बैंकको लाभांश घोषणा पोखरा फाइनान्सको बोनस सेयर घोषणा विदेशी मुद्राको विनिमय दर कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने सकिने