काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्श एनआईसीसीआईका अध्यक्ष श्री सञ्जय अग्रवालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सम्मानित इटालियन चेम्बरहरू रोम र मिलानको यही भदौ १७-२३ सम्म ऐतिहासिक भ्रमण गरेका थिए ।
यस महत्वपूण भ्रमण एनआईसीसीआईको लागि द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्न र व्यापारका अवसरहरुको सम्भाव्यता अध्ययन गर्र्न साथै नेपाल र इटालीबीच व्यापारिक र सांस्कृतिक सम्बन्ध निर्माण र विस्तारमा केन्द्रित रहेको थियो ।
नेपालले रोम चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री र मिलान चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री सँग गरेको भेट पहिलो पटक हो, दुबै इटालीयन संस्था व्यवसायिक सहयोगका लागि प्रख्यात छन् ।
यो बैठकले इटालियन सरकारी अधिकारीहरू र एसोकामेरेस्टेरोको (ASSOCAMERESTERO) सार्वभौम परिप्रेक्ष्यमा एनआईसीसीआईको स्थापना, मान्यता, भविष्य र युरोपेली संघको लागि साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दै ठूलो महत्व राखेको छ ।
यी भेटहरुमा रोमस्थित नेपालका लागि सम्मानित महावाणिज्य दूत पाओलो (Mr. Paolo Nugari) सँग छलफल भएको थियो । सन् १९७० देखि नेपालको व्यापक अनुभव सँगै, श्री नुगारीले नेपालको भविष्यको लागि आफु आशावादी रहेको बताउनुभयो र इटाली सरकारले एनआईसीसीलाई मान्यता दिलाउन सहयोग गर्ने प्रतिज्ञा गर्नुभयो ।
नेपालको एक निजी संस्था द्वारा मिलान चेम्बर अफ कमर्स (प्रोमोस इटालिया) सँगको पहिलो बैठकबाट उल्लेखनीय सफलता प्राप्त भएको छ, मिलानले विभिन्न रुपमा एनआईसीसीलाई सहयोग गर्न आफ्नो प्रयास रहने बताएको छ ।
यी ऐतिहासिक भेटवार्तासँगै, नेपाल र इटालीबीचको सम्बन्धको आधिकारिक सुरुवातको रूपमा एनआईसीसीआईका लागि इटालियन बिजनेस ल्यान्डस्केपको ढोका खुला भएको छ । एनआईसीसीआई दुई राष्ट्रबीचको व्यापारिक सहकार्य र अवसरहरूको नयाँ युगको सुरुवात गर्न तयार छ ।
एनआईसीसीको बारेमाः
नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसी) नेपाल र इटालीबीचको व्यापार र वाणिज्य प्रवद्र्धनमा समर्पित संस्था हो । एनआईसीसीआई पारस्परिक रूपमा लाभदायक साझेदारीलाई प्रवद्र्धन गर्न र दुई राष्ट्रबीचको व्यापार वृद्धिलाई सहजीकरण गर्न समर्पित संस्था हो ।