गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बजेटरी सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्री पौडेलको आग्रह बजेटरी सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्री पौडेलको आग्रह Karobarpati आईतबार, २०७९ माघ ८ गते, १४:३२ मा प्रकाशित काठमाडौं, ८ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन्। विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधि मण्डलसँगको भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका हुन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा विश्व बैंकबाट बजेटरी सहायता प्राप्त हुने गरी विनियोजन भई प्राप्तिका लागि आवश्यक पूर्व कार्यहरु पूरा गर्न अर्थमन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । विश्व बैंकको सहायतामा सञ्चालित आयोजनाहरुमा देखिएका समस्याहरुको कारण पहिचान गरी समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कमजोरी र गुनासा नआओस् भन्नेतर्फ आफूले ध्यान दिएको बताए । ् विभिन्न क्षेत्रमा विश्व बैंकले गरेको सहयोगको प्रशंसा गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले माथिल्लो अरुण, ग्रामीण सडक लगायतका आयोजना नेपालको प्राथमिकतामा रहेको जानकारी गराए । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले विश्व बैंकसँगको सम्बन्ध अझ घनिष्ठ हुने र सहयोगले थप उचाइ लिने विश्वास व्यक्त गर्दै आयोजनाहरु सफल बनाउन राजनीतिक नेतृत्वको सहयोग हुने बताए । विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको कार्यशैलीप्रति आफू जानकार र प्रभावित रहेको उल्लेख गर्दै विश्व बैंकको सहायतामा सञ्चालित आयोजनाहरु प्राथमिकतामा पर्ने विश्वास व्यक्त गरे । उनले विश्व बैंकको सहायतामा सञ्चलित आयोजनाहरुमा देखा परेका समस्याहरु समाधानका लागि सहजीकरण गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई आग्रह गरे । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्घाटन गर्ने ७ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ट्रेण्डिङ नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सेन्चुरी बैंकको लाभांश घोषणा सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सेन्चुरी बैंकको लाभांश घोषणा सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा