गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ श्री राम सुगर मिल्सले उखु किसानको रकम भुक्तान गर्ने श्री राम सुगर मिल्सले उखु किसानको रकम भुक्तान गर्ने Karobarpati शनिबार, २०७७ पुस ४ गते, १३:०३ मा प्रकाशित काठमाडौं । श्रीराम सुगर मिल्सले हिजो शुक्रबारदेखि उखु किसानलाई भुक्तान गर्नुपर्ने रकम भुक्तान सुरु गरेको छ ।कम्पनीले जारी गरेको विज्ञप्तिमा उद्योगले भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि उद्योगको बैंक खातामा रकम जम्मा भइसकेको जनाएको छ । भुक्तानीका लागि कारखाना स्थलमा सूचना टाँसेको भन्दै पुस ३ गते शुक्रबारदेखि भुक्तानी गर्ने कम्पनीले जनाएको हो । सुगर मिल्सले उखु किसानलाई ३५ करोड रुपैयाँ तिर्न बाँकी छ । “उद्योगले उखु किसानहरुबाट खरिद गरेको उखुको भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकमका सम्बन्धमा पटक(पटक सम्बन्धित निकायहरुमा छलफल गरी समस्या समाधानका उपायहरु अवलम्बन गर्नेतर्फ उद्योग व्यवधानका कारण उद्योगको माग बमोजिम समस्या समाधान हुन नसकेको,” विज्ञप्तिमा जनाएको छ । उद्योगको स्थापनाकालदेखि नै उखु उत्पादक किसानहरुको अत्यधिक सहयोग र साथ पाउँदा-पाउँदै पनि विभिन्न परिस्थितिका कारण उद्योग अत्याधिक नोक्सानीमा गई परिस्थितिवश उखु किसानहरुलाई भुक्तानी गर्न विलम्ब भई पर्न गएको पीर मर्का तथा दुःखप्रति कम्पनी क्षमाप्रार्थी रहेको पनि विज्ञप्तिमा जनाएको छ । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ७ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ट्रेण्डिङ मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका युक्रेनको राजधानी कीभ पुगे मोदी सयपत्री हाइड्रोपावरको आईपीओ खुल्दै सिटीजन्स बैंकका ग्राहकले अब मोबाइलबाटै मोबाइल बैंकिङको पिन रिसेट गर्ने मिल्ने सिभिल बैंकको किसान समृद्धि कार्ड कुमारी र एनसीसीको एकीकृत कारोबार पुस १७ गतेदेखि मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका युक्रेनको राजधानी कीभ पुगे मोदी सयपत्री हाइड्रोपावरको आईपीओ खुल्दै सिटीजन्स बैंकका ग्राहकले अब मोबाइलबाटै मोबाइल बैंकिङको पिन रिसेट गर्ने मिल्ने सिभिल बैंकको किसान समृद्धि कार्ड कुमारी र एनसीसीको एकीकृत कारोबार पुस १७ गतेदेखि