गृहपृष्ठ ∕ समाचार ∕ सिभिल बैंकको किसान समृद्धि कार्ड सिभिल बैंकको किसान समृद्धि कार्ड Karobarpati शुक्रबार, २०७७ असोज ९ गते, ०९:१८ मा प्रकाशित काठमाडौं । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरुप किसानको समृद्धिका लागि सिभिल बैंकले किसान समृद्धि कार्डको सुविधा सञ्चालनमा ल्याएको छ । कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेमा बचत रकम झिक्ने र नपुग भएमा सोही खाताबाट कर्जाको रुपमा बढी रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ । यो ऋण सुविधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिन्छ र प्रति कृषक परिवार पाँच लाख रुपैयाँसम्मको ऋण सुविधा उपलब्ध गराइन्छ । यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा सम्पर्क गरी बचत खाता खोल्नु पर्छ । उक्त खातामा ग्राहकको वचत भएसम्म बैंकले ब्याज प्रदान गर्ने छ भने यदि खातामा भएको बचत भन्दा बढी रकम झिकेमा बैंकलाई ब्याज बुझाउनु पर्ने हुन्छ । हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खुद ब्याज रकमको गणना हुनेछ । ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइने छ जुन आफूलाई रकम आवश्यक परेमा उपयोग गर्न सकिन्छ । यो ऋण सुविधाको लागि कुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकाअनुसार यस सुविधाको ब्याजदरमा ५ प्रतिशत अनुदान प्राप्त हुने भएकोले न्युन ब्याजदर मै यो सुबिधा उपभोग गर्न सकिनेछ । हाल कोरोनाको कारणले सिर्जित विषम परिस्थितिमा कृषि स्वरोजगारमार्फत् कृषि उत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यो ऋण सुबिधा ल्याएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ५ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ट्रेण्डिङ लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने नेक्स्ट-जेन क्विक, नेक्स्ट-जेन सिक रियलमी नार्जो एन ५३ राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम विदेशबाट फर्किने नेपालीहरुले २ थान मोबाइल ल्याउन पाउने ,एमडीएमएस व्यवस्था लागु हुने डाबर वाटिका मिस नेपाल २०२३ का प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीमा भ्रमण कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने नेक्स्ट-जेन क्विक, नेक्स्ट-जेन सिक रियलमी नार्जो एन ५३ राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम विदेशबाट फर्किने नेपालीहरुले २ थान मोबाइल ल्याउन पाउने ,एमडीएमएस व्यवस्था लागु हुने डाबर वाटिका मिस नेपाल २०२३ का प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीमा भ्रमण कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था