२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रसामान्य अंंकले घट्यो नेप्से परिसुचक

सामान्य अंंकले घट्यो नेप्से परिसुचक


काठमाडौं । आज नेप्से परिसुचक २.६२ अंकले घटेर १८९९.०८ बिन्दुमा पुगेको छ ।

आज २४६ कम्पनीका २० लाख ८७ हजार ८७६ कित्ता सेयर ७२ करोड ७८ लाख ७७ हजार ८९७ रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज सेयर बजारमा १३ उपसमुह मध्ये होटल तथा पर्यटन , जलविद्युत, वित्त, लगानी र उत्पादनका सेयर बढेका छन् भने अन्य सबै उपसमुहका परिसूचक भने घटेका छन् ।

बुधबार सीवाईसीसी नेपाल लघुवित्त वित्तीय संस्था र इस्टर्न हाइड्रोपावरको सेयरको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै धौलागीरी लघुवित्तको ८.२० प्रतिशतले बढेको छ ।

आज सेयरबाजरमा पिपुल्स हाइड्रोपावरको १० प्रतिशत , किसान लधुवित्तको ४.१४ प्रतिशत , अजोड लाइफ इस्योरेन्सको ३.९५ प्रतिशत , समिट लघुवित्तको ३.७५ प्रतिशतले घटेको छ ।

आजको दिन बजारमा सबैभन्दा बढी कारोबार गर्नेमा नेपाल टेलिकम रर्यो । टेलिकम ५ करोड ३९ लाख १३ हजार, कृिष विकाश बैकको ४ करोड ८८ लाख , नबिल बैंकको ४ करोड २२ लाख , रिडी पावर कम्पनीको २ करोड ५२ लाखमा सेयर किनबेच भयो ।


क्याटेगोरी : अर्थतन्त्र, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ