२०८२ कात्तिक २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रसुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


काठमाडौं-सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्याटेगोरी : अर्थतन्त्र



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ