२०८१ माघ १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रडिजिटल भुक्तानी गर्ने कृषि विकास बैंक र खल्ती वालेटबीच सहकार्य

डिजिटल भुक्तानी गर्ने कृषि विकास बैंक र खल्ती वालेटबीच सहकार्य


काठमाडौं। कृषि विकास बैंक लिमिटेड र खल्ती डिजिटल वालेट  बीच सम्झौता भएको छ ।

खल्तीसँगको सम्झौतापछि कृषि विकास बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा प्रयोग गरेर खल्ती वालेटमा रकम लोड गर्न सक्नेछन् र खल्तीमा लोड गरिएको रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तान सेवा उपयोग गर्न छन् ।

कृषि विकास बैंकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने र खल्तीका निर्देशक अमित अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।
यस साझेदारीले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्‍याउने र ग्राहकहरूले डिजिटल डिजिटल बैंकिंङमा अझ धेरै सुविधा पाउँले बैंकको दाबी रहेको छ ।

सम्झौता अनुसार, बैंकले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिङ प्रणाली प्रदान गरे अनुसार। यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन्। कृषि विकास बैंकका ग्राहकले ई(बैंकिंङ, मोबाइल बैंकिंङ, स्मार्ट बैंकिंङ, चेकआउट जस्ता विभिन्न माध्यमहरूमार्फत खल्तीमा रकम लोड गर्न सक्नेछन्।

सन् २०१७ जनवरीमा सुरू भएको खल्ती वालेटबाट विभिन्न बिल भुक्तानी सेवाहरू, मोबाइल रिचार्ज, डीटीएच रिचार्ज, आन्तरिक हवाइ उडानको टिकट, चलचित्र टिकट, विभिन्न कार्यक्रमको टिकट, होटल बुकिङ लगायतका विभिन्न डिजिटल भुक्तानी सेवाहरू प्रयोग गर्न सकिन्छ।

खल्ती डिजिटल वालेटको प्रयोग नियमित रूपमा १० लाखभन्दा बढी व्यक्तिले विभिन्न बिल भुक्तानी गर्दै आएको उक्त कम्पनीले बताएको छ।


क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ