२०८१ असोज १७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रनेपाल राष्ट्र बैंकरियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक

रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंक रियलस्टेट कर्जामा नरम भएको छ ।

राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ लाई परिमार्जन/थप तथा संशोधन गदै रियलस्टेट कर्जामा नरम भएको हो ।

केन्द्रिय बैंकले यसअघिको काठमाडौं उपत्यकाभित्रको रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको बीचको अनुपात बढीमा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नु पर्ने व्यवस्थालाई संशोधन गदै अब सबै स्थानमा रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको बीचको अनुपात बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नु पर्ने व्यवस्था गरेको हो ।

त्यस्तै, निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनी/परियोजनाहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : नेपाल राष्ट्र बैंक, पर्यटन



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ