गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सीडिएससीको मोबाइल एप बुधवार लन्च हुने, एपबाटै शेयर भर्न र ईडिआएस गर्न सकिने सीडिएससीको मोबाइल एप बुधवार लन्च हुने, एपबाटै शेयर भर्न र ईडिआएस गर्न सकिने कारोबारपाटी सोमबार, २०७७ भदौ २९ गते, ०७:१६ मा प्रकाशित केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी)ले बुधवार मोबाइल एप लन्च गर्ने भएको छ। बुधवार पहिलो पटक सर्वसाधारणमा परीक्षणको लागि खुला गर्न लागिएको सिडिएससिका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताए। “बुधवार हामी सर्वसाधारणमा परीक्षणको लागि खुला गर्दैछौँ,” आचार्यले भने। केही दिनको परीक्षण पछि नियमित रुपमा एपबाट सेवा प्रवाह हुने बताइएको छ। लगानीकर्ताको सहजताका लागि एप्स बुधवारदेखि सर्वसाधारण प्रयोगमा ल्याउन लागिएको हो। पछिल्लो समय विकास गरिएको नयाँ एपमा मेरो शेयर र सीडिएससिको वेबसाइटमा भएको सबै फिचर समावेश हुनेछ। एपबाटै सर्वसाधारणले प्राथमिक शेयरमा समेत आवेदन गर्न सक्नेछन् भने इडिआइएस समेत त्यहीबाट पठाउन सकिने सीडिएससिले जनाएको छ। उक्त फिचर समावेश भएपछि सर्वसाधारणलाई मोबाइलबाटै सबै कुरा चलाउन सजिलो हुनेछ। पछिल्लो समय शेयर आवेदनमा देखिएको समस्या समेत करिब करिब समाधान हुने बताइएको छ। विकसित मोबाइल एप सर्वसाधारणले एन्ड्रोइड र एप्पल दुवै मोबाइलमा चलाउन सक्नेछन्। सर्वसाधारणले आफूलाई उपयुक्त हुने एप स्टोरबाट डाउनलोड गर्न सकिने सीडिएससिको भनाइ छ। क्याटेगोरी : समाचार, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश