गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सीडिएससीको मोबाइल एप बुधवार लन्च हुने, एपबाटै शेयर भर्न र ईडिआएस गर्न सकिने सीडिएससीको मोबाइल एप बुधवार लन्च हुने, एपबाटै शेयर भर्न र ईडिआएस गर्न सकिने कारोबारपाटी सोमबार, २०७७ भदौ २९ गते, ०७:१६ मा प्रकाशित केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी)ले बुधवार मोबाइल एप लन्च गर्ने भएको छ। बुधवार पहिलो पटक सर्वसाधारणमा परीक्षणको लागि खुला गर्न लागिएको सिडिएससिका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताए। “बुधवार हामी सर्वसाधारणमा परीक्षणको लागि खुला गर्दैछौँ,” आचार्यले भने। केही दिनको परीक्षण पछि नियमित रुपमा एपबाट सेवा प्रवाह हुने बताइएको छ। लगानीकर्ताको सहजताका लागि एप्स बुधवारदेखि सर्वसाधारण प्रयोगमा ल्याउन लागिएको हो। पछिल्लो समय विकास गरिएको नयाँ एपमा मेरो शेयर र सीडिएससिको वेबसाइटमा भएको सबै फिचर समावेश हुनेछ। एपबाटै सर्वसाधारणले प्राथमिक शेयरमा समेत आवेदन गर्न सक्नेछन् भने इडिआइएस समेत त्यहीबाट पठाउन सकिने सीडिएससिले जनाएको छ। उक्त फिचर समावेश भएपछि सर्वसाधारणलाई मोबाइलबाटै सबै कुरा चलाउन सजिलो हुनेछ। पछिल्लो समय शेयर आवेदनमा देखिएको समस्या समेत करिब करिब समाधान हुने बताइएको छ। विकसित मोबाइल एप सर्वसाधारणले एन्ड्रोइड र एप्पल दुवै मोबाइलमा चलाउन सक्नेछन्। सर्वसाधारणले आफूलाई उपयुक्त हुने एप स्टोरबाट डाउनलोड गर्न सकिने सीडिएससिको भनाइ छ। क्याटेगोरी : समाचार, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक हुम्लामा पाँच महिला मतदान अधिकृत कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने गणपति लघुवित्तको नाफा घट्यो सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक हुम्लामा पाँच महिला मतदान अधिकृत कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने गणपति लघुवित्तको नाफा घट्यो