गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सीडिएससीको मोबाइल एप बुधवार लन्च हुने, एपबाटै शेयर भर्न र ईडिआएस गर्न सकिने सीडिएससीको मोबाइल एप बुधवार लन्च हुने, एपबाटै शेयर भर्न र ईडिआएस गर्न सकिने कारोबारपाटी सोमबार, २०७७ भदौ २९ गते, ०७:१६ मा प्रकाशित केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी)ले बुधवार मोबाइल एप लन्च गर्ने भएको छ। बुधवार पहिलो पटक सर्वसाधारणमा परीक्षणको लागि खुला गर्न लागिएको सिडिएससिका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताए। “बुधवार हामी सर्वसाधारणमा परीक्षणको लागि खुला गर्दैछौँ,” आचार्यले भने। केही दिनको परीक्षण पछि नियमित रुपमा एपबाट सेवा प्रवाह हुने बताइएको छ। लगानीकर्ताको सहजताका लागि एप्स बुधवारदेखि सर्वसाधारण प्रयोगमा ल्याउन लागिएको हो। पछिल्लो समय विकास गरिएको नयाँ एपमा मेरो शेयर र सीडिएससिको वेबसाइटमा भएको सबै फिचर समावेश हुनेछ। एपबाटै सर्वसाधारणले प्राथमिक शेयरमा समेत आवेदन गर्न सक्नेछन् भने इडिआइएस समेत त्यहीबाट पठाउन सकिने सीडिएससिले जनाएको छ। उक्त फिचर समावेश भएपछि सर्वसाधारणलाई मोबाइलबाटै सबै कुरा चलाउन सजिलो हुनेछ। पछिल्लो समय शेयर आवेदनमा देखिएको समस्या समेत करिब करिब समाधान हुने बताइएको छ। विकसित मोबाइल एप सर्वसाधारणले एन्ड्रोइड र एप्पल दुवै मोबाइलमा चलाउन सक्नेछन्। सर्वसाधारणले आफूलाई उपयुक्त हुने एप स्टोरबाट डाउनलोड गर्न सकिने सीडिएससिको भनाइ छ। क्याटेगोरी : समाचार, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ विद्युत् खपत तीन गुणाले बढ्यो ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल