२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने

१४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने


काठमाडौँ — सहकारी संघसंस्थाले कर्जा वितरण गर्दा १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । सोमबार बसेको ब्याजदर निर्धारण तथा सिफारिस समितिले उक्त निणर्य गरेको हो ।

सहकरी संधसंस्थाले लिदै आएको ब्याजदर १६ प्रतिशत थियो । सो व्यवस्था परिमार्जन गरि नयाँ सन्र्दभ ब्याजदर तोकिएको हो । यो व्यवस्था २०७७ कात्तिक १५ देखि लागू हुने सहकारी विभागले जनाएको छ ।

सहकारीहरूले मनलागी जथाभावी बढी ब्याज लिँदै आएकाले त्यसलाई नियन्त्रण गर्न भन्दै समितिले ०७६ साउन १९ देखि १६ प्रतिशत ब्याजदर तोकेको थियो । अहिले सोही दरलाई परिमार्जन गरिएको छ ।

सन्दर्भ ब्याज पुनरावलोकन गरिए पनि सबै सहकारीले पालना गरेका छैनन् । विभागले भने सबै सहकारी संस्थाले सन्दर्भ ब्याजदर पालना गरेको दाबी गरेको छ । तर, काठमाडौं र ललितपुर जिल्लामा रहेका अधिकांस सहकारीले सन्दर्भ ब्याजदर पालना नगरेको स्रोतले बताएको छ ।

अब सहकारी संस्थाले बचतमा अधिकतम् ८.७५ प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने भएका छन् । कर्जा र बचतको ब्याजअन्तर ६ प्रतिशत भन्दा कम हुनु पर्ने व्यवस्थाको कारण सहकारीले बचतमा पनि धेरै ब्याज दिन नपाएका हुन् ।

 

सहकारी विभागको रजिष्ट्रारको संयोजकत्वमा सन्दर्भ ब्याजदर निर्धारण समिति गठन गरिएको छ । सोही समितिले पहिलो पटक सन्दर्भ ब्याजदर परिमार्जन गरेको हो । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई अधिकतम् ब्याजदर सीमा १५ प्रतिशत कायम गरेपछि सहकारीमा सो भन्दा कम ब्याजदर कायम गर्ने दबाब थियो । सोहीकारण समितिले सन्दर्भ दर परिमार्जन गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ