गृहपृष्ठ ∕ प्रदेश ∕ लुम्बिनी प्रदेश ∕ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु Karobarpati बिहीबार, २०७७ असोज ८ गते, १२:३४ मा प्रकाशित बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार कोरोना सङ्क्रमण भई अस्पतालमा उपचारका लागि भर्ना भएका नवलपरासी रामग्रामका नगरपालिका वार्ड नं. ३ का ३९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका उनलाई लामो समयदेखि कलेजोको समस्या रहेको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि असोज २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आइएको डा. थापाले जानकारी दिए । यस्तै कोरोना सङ्क्रमण भइ उपचारका लागि अस्पतालमा भर्ना भएका कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको डा थापाले जानकारी दिए । लामो समयदेखि मधुमेह र मिर्गौलाको समस्या भई उपचार गराइरहेका मृतकलाई सङ्क्रमण पुष्टि भएपछि असोज १ कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनमा स्वास्थ्यमा थप समस्या देखिएपछि असोज २ गते भेन्टिलेटरमा राखिएकामा आज बिहान मृत्यु भएको डा. थापाले बताए। क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ५ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ट्रेण्डिङ श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड ६ अर्ब २३ करोडको ट्रेजरी बिलको नविकरण गर्दै राष्ट्र बैंक,आज दिउँसो बोलकबोल समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले बढ्यो श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड ६ अर्ब २३ करोडको ट्रेजरी बिलको नविकरण गर्दै राष्ट्र बैंक,आज दिउँसो बोलकबोल समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले बढ्यो