गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ विश्व बैंकको लगानीमा लुम्बिनी र प्रदेश २ मा अक्सिजन प्लान्ट विश्व बैंकको लगानीमा लुम्बिनी र प्रदेश २ मा अक्सिजन प्लान्ट Karobarpati आईतबार, २०७८ मंसीर १९ गते, १३:२९ मा प्रकाशित काठमाडाैं – विश्व बैंकको सहुलियत ऋण लगानीमा लुम्बिनी र प्रदेश २ को प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । कोभिड-१९ विरुद्ध लड्नका लागि बैंकको सहुलियत ऋण दिएको थियो । उक्त ऋणबाट लम्बिनी र जनकपुर प्रादेशिक अस्पतालमा प्लान्ट स्थापना भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका क्षेत्रीय प्रमुख डा. मदन कुमार उपाध्याय र विश्व बैंक नेपाल, श्रीलंका तथा माल्दिभ्सका राष्ट्रिय निर्देशक फासिर हदाद जर्भोसले आइतबार संयुक्त रुपमा प्लान्टको उद्घाटन गरे । बैंकको ऋण लगानीमा सञ्चालित ‘कोभिड-१९ आपतकालीन उद्धार तथा स्वास्थ्य प्रणाली तयारी परियोजना’ कार्यक्रम अन्तर्गत आगामी २० डिसेम्बरभित्र प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि अक्सिजन प्लान्ट स्थापना हुने बैंकले जनाएको छ । तीन वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसमेत यसै परियोजना अन्तर्गत हुनेछ । गत भदौमा सरकार र विश्व बैंकबीच विद्यालय र स्वास्थ्य क्षेत्र सुधारका लागि नेपाललाई करिब ६ अर्ब ऋण लगानी गर्ने सम्झौता भएको थियो । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ३ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ४ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ७ क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ बोर्ड सदस्यको माग ट्रेण्डिङ डलरको भाउ हालसम्मकै उच्च समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रिमा डलरको भाउ हालसम्मकै उच्च समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रिमा