गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ भैरहवा–विराटनगर सिधा उडान सुरू हुँदै, सौर्य एयरलाइन्सले अब दैनिक उडान भर्ने भैरहवा–विराटनगर सिधा उडान सुरू हुँदै, सौर्य एयरलाइन्सले अब दैनिक उडान भर्ने Karobarpati बुधबार, २०७८ कात्तिक १७ गते, २०:०३ मा प्रकाशित काठमाडाैं । सौर्य एयरलाइन्सले भैरहवा–विराटनगर–भैरहवा सिधा उडान गर्ने भएको छ । निजी क्षेत्रको हवाइ सेवा प्रदायक सौर्य एयरलाइन्सले २२ कात्तिकदेखि प्रदेश ५ र प्रदेश १ लाई जोड्ने गरी दैनिक उडान गर्न लागेको हो । आठ वर्षदेखि सेवा दिँदै आएको एयरलान्सले ५० सिट क्षमताको जेट विमानबाट दुई औधोगिक क्षेत्रलाई जोड्न दैनिक उडान गर्न लागेको सौर्य एयरलाइन्स भैरहवाका स्टेशन म्यानेजर जितेन्द्र यादवले बताए । हालसम्म कुनै पनि एयरलाइन्सले विराटनगरबाट भैरहवाको सिधा उडान गरेको छैनन् । एयरलाइन्सले हाल नौ वटा स्थानमा उडान गर्दै आएको छ । भैरहवा–विराटनगर थपिएसँगै अब दैनिक उडान संख्या १० पुगेको छ । तीन वटा जेट विमानबाट सेवा दिँदै आएको एयरलाइन्सले अरु भन्दा सहुलियत, सुरक्षित र अनटाइम उडान गर्ने दाबी गरेको छ । जहाजलाई गन्तव्यमा पुग्न ५३ मिनेट लाग्ने एयरलाइन्सले जानकारी दिएको छ । सौर्यले ६ हजारमा दैनिक भैरहवाबाट दिउँसो ३ बजेर ४५ मिनेटमा विराटनगर उड्ने र विराटनगरबाट साँझ ५ बजेर १० मिनेटमा भैरहवा फर्केनेछ । कम्पनीले अहिले विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा दैनिक उडान गरिरहेको छ । चाडै नै नेपालगन्ज र राजविराजको उडान पनि थाल्ने कम्पनीले जनाएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ७ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ट्रेण्डिङ प्रभु बैंकको संस्थापक सेयर बिक्रिमा ओमिक्रोनबाट बेलायतमा १२ जनाको मृत्यु गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल रवि लामिछाने बोल्दा विपक्षले अवरोध नगर्ने सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छः मेयर साह कांग्रेसले भन्यो– संसदीय समिति बनेकै दिन गोरखा मिडियाको फाइल पल्टाउने हो कोभिड संक्रमणका कारण न्यायाधीश पौडेलको निधन प्रभु बैंकको संस्थापक सेयर बिक्रिमा ओमिक्रोनबाट बेलायतमा १२ जनाको मृत्यु गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल रवि लामिछाने बोल्दा विपक्षले अवरोध नगर्ने सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छः मेयर साह कांग्रेसले भन्यो– संसदीय समिति बनेकै दिन गोरखा मिडियाको फाइल पल्टाउने हो कोभिड संक्रमणका कारण न्यायाधीश पौडेलको निधन