गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव Karobarpati सोमबार, २०८१ असार २४ गते, १६:५४ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई नियमनकारी निकाय बनाउन सुझाव दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सहकारी रकम हिनामिना प्रकरणको छानबिन गर्न गठित संसदीय समितिको बैठकमा आज गभर्नर अधिकारीले सहकारीका लागि नियमनकारी निकाय आवश्यक भएको बताएका हुन् । सभापति सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका थिए । समितिका सभापति थापाका अनुसार गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको र नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको कारणले सहकारीमा अहिलेको जस्तो विकराल अवस्था आएको बताए । समितिको आजको बैठकमा बैंकर्स एशोसिएसनका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्टसहित पछिल्लो सहकारी सुझाव समितिका संयोजक डा. जयकान्त राउतलाई बोलाएर सुझाव लिएको बताए । क्याटेगोरी : अर्थतन्त्र, नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान नेप्सेमा सामान्य गिरावट नेप्सेमा २१ अंकको वृद्धि धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ नेपाली मुद्रा इतिहासकै कमजोर ३ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ४ प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी ५ हिमालयन बैंकको ऋणपत्र खुल्दै ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने ट्रेण्डिङ प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम