२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटतीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन

तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले साल्ट ट्रेडिङ कोर्पोरेशनलाई स्पष्टिकरण पेश गर्ने निर्देशन दिएको छ ।

साल्ट ट्रेडिङले धितोपत्र सूचीकरण विनियमावली, २०७५ व्यवस्था विपरीत कार्य गरेको हुनाले नेप्सेले स्पष्टीकरण पेश गर्ने निर्देशन दिएको हो ।

साल्ट ट्रेडिङको आज बिहान ८ः३० बजेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ कोे मुनाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय (२)१ मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निणय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि त्यस्तो सूचना, जानकारी तथा निणय  सम्बन्धित सृचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नु पर्ने व्यवस्था रहेकोमा साल्ट ट्रेडिङले उक्त व्यवस्था पालना नगरी लाभांश प्रस्तावसम्बन्धी सूचना पठाएकोले धितोपत्र सम्बन्धी कारोबार स्थगित गरेको जनाएको छ ।

नेप्सेले साल्ट ट्रेडिङलाई ३ कार्यदिनभित्र के कति कारणले समयमानै जानकारी दिन नसकेको सो सम्बन्धमा स्पष्टिकरण पेस गर्ने भनेको छ ।

साल्ट ट्रेडिङले आज बिहान ११ः१३ बजे नट्समार्फत लाभांश प्रस्तावसम्बन्धी जानकारी नेप्सेमा पठाएको थियो ।


क्याटेगोरी : कर्पोरेट, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ