२०८२ भदौ २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रनयाँ आर्थिक बर्षको पहिलो १० दिनमा सरकारको खर्चे १२ अर्ब ६४ करोड

नयाँ आर्थिक बर्षको पहिलो १० दिनमा सरकारको खर्चे १२ अर्ब ६४ करोड


काठमाडौं । चालु नयाँ आर्थिक वर्ष २०८०/०८१को पहिलो १० दिनमा सरकारले १४ अर्ब ५५ करोड २३ लाख  आम्दनी गरेको छ भने १२ अर्ब ६४ करोड ६४ लाख रुपैयाँ खर्चे गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ अनुसार सरकारकाे नयाँ आर्थिक बर्षको पहिलो १० दिनमा राजस्व सङ्कलन तर्फ कर राजस्वतर्फ १० अर्ब २५ करोड १७ लाख रुपैयाँ र गैर कर राजस्वतर्फ ७१ करोड ४७ लाख रुपैयाँ    आम्दनी  रहेको छ ।

त्यस्तै,सरकारले अन्य आम्दानीबाट ३ अर्ब ५८ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ ।

चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ आन्तरिक राजस्व उठाउने र ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान लिने सरकारको लक्ष्य रहेको छ ।
चालु आवका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

त्यस्तै चालु शीर्षकमा विनियोजित कूल ९ खर्ब १९ अर्ब ३३ करोड ५६ लाख बजेटमध्ये हालसम्म ०.०६ प्रतिशत खर्च भएको छ । जुन ५३ करोड ६४ लाख रुपैयाँ बराबर हो ।

सरकारको पुँजीगत खर्च अझै सुरु भएको छैन । सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा ४ खर्ब ७१ अर्ब ६ करोड १९ लाख बजाबर बजेट छुट्याएको छ ।

वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ३० अर्ब ९१ करोड ७ लाख बजेट छुट्याइएकामा चालु आर्थिक बर्ष पछिल्लो १० दिनमा १२ अर्ब ११ करोड रुपैयाँ बराबर खर्च भएको छ । जुन खर्च वित्तीय व्यवस्था शीर्षकमा विनियोजित बजेटको ३.६६ प्रतिशत बराबर हो ।


क्याटेगोरी : अर्थतन्त्र



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ