गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बजेटरी सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्री पौडेलको आग्रह बजेटरी सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्री पौडेलको आग्रह Karobarpati आईतबार, २०७९ माघ ८ गते, १४:३२ मा प्रकाशित काठमाडौं, ८ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन्। विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधि मण्डलसँगको भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका हुन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा विश्व बैंकबाट बजेटरी सहायता प्राप्त हुने गरी विनियोजन भई प्राप्तिका लागि आवश्यक पूर्व कार्यहरु पूरा गर्न अर्थमन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । विश्व बैंकको सहायतामा सञ्चालित आयोजनाहरुमा देखिएका समस्याहरुको कारण पहिचान गरी समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कमजोरी र गुनासा नआओस् भन्नेतर्फ आफूले ध्यान दिएको बताए । ् विभिन्न क्षेत्रमा विश्व बैंकले गरेको सहयोगको प्रशंसा गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले माथिल्लो अरुण, ग्रामीण सडक लगायतका आयोजना नेपालको प्राथमिकतामा रहेको जानकारी गराए । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले विश्व बैंकसँगको सम्बन्ध अझ घनिष्ठ हुने र सहयोगले थप उचाइ लिने विश्वास व्यक्त गर्दै आयोजनाहरु सफल बनाउन राजनीतिक नेतृत्वको सहयोग हुने बताए । विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको कार्यशैलीप्रति आफू जानकार र प्रभावित रहेको उल्लेख गर्दै विश्व बैंकको सहायतामा सञ्चालित आयोजनाहरु प्राथमिकतामा पर्ने विश्वास व्यक्त गरे । उनले विश्व बैंकको सहायतामा सञ्चलित आयोजनाहरुमा देखा परेका समस्याहरु समाधानका लागि सहजीकरण गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई आग्रह गरे । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ गाईघाट-दिक्तेल सडकको सुनकोसीमा एकै वर्ष सातौँ पटक बेलीब्रिज जडान वर्षायाममा ५० र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क गर्ने सरकारको घोषण सप्तकोशी बैंक घोटला प्रकरण : सिइओसहित थप दुईजना कर्मचारी पक्राउ लोपेज र एफ्लेकको डिभोर्स हुदै चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नेरुडे लघुवित्तले बोलायो साधारण सभा रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार गाईघाट-दिक्तेल सडकको सुनकोसीमा एकै वर्ष सातौँ पटक बेलीब्रिज जडान वर्षायाममा ५० र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क गर्ने सरकारको घोषण सप्तकोशी बैंक घोटला प्रकरण : सिइओसहित थप दुईजना कर्मचारी पक्राउ लोपेज र एफ्लेकको डिभोर्स हुदै चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नेरुडे लघुवित्तले बोलायो साधारण सभा रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार