गृहपृष्ठ ∕ प्रदेश ∕ गण्डकी प्रदेश ∕ गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री Karobarpati सोमबार, २०७९ पुस २५ गते, १०:१९ मा प्रकाशित पोखरा – गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई आह्वान गरेका थिए । उनले दिएको समय आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावीका लागि जाने बुझिएको छ । एमाले सांसद रोशन गाहाका अनुसार ३२ जना सांसदको हस्ताक्षर तयार भैसकेको छ । अहिले त्यसैका लागि एमाले संसदीय दलको बैठक चलिरहेको छ । यसपछि गठबन्धन दलका नेताहरुबीच बैठक बसेर मुख्यमन्त्रीको दावी पेस गर्न जाने गाहाले बताए । आइतबार नै दावी गर्ने तयारी थालेको सत्ता गठबन्धन केन्द्रको निर्णय नआएका कारण रोकिएको हो । गण्डकीमा कांग्रेस र एकीकृत समाजवादी बाहेकको सरकार बन्दै छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको हस्ताक्षर संकलन गरिएको उनले बताए । पहिलो दल कांग्रेससँग २७ सीट छ भने स्वतन्त्र जितेर एसमा पसेका राजीव गुरुङ (दीपक मनाङे) पनि प्रतिपक्षमा हुने छन् । मुख्यमन्त्रीमा दावी गर्नुअघि नै मन्त्रालयको समेत बाँडफाँट भैसक्ने बताइएको छ । क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्याे प्रस्ताव आह्नवान ३ नेपाली मुद्रा इतिहासकै कमजोर ४ एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने ५ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ६ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य हिमालयन बैंकको ऋणपत्र खुल्दै ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य हिमालयन बैंकको ऋणपत्र खुल्दै ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन