गृहपृष्ठ ∕ प्रदेश ∕ गण्डकी प्रदेश ∕ गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री Karobarpati सोमबार, २०७९ पुस २५ गते, १०:१९ मा प्रकाशित पोखरा – गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई आह्वान गरेका थिए । उनले दिएको समय आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावीका लागि जाने बुझिएको छ । एमाले सांसद रोशन गाहाका अनुसार ३२ जना सांसदको हस्ताक्षर तयार भैसकेको छ । अहिले त्यसैका लागि एमाले संसदीय दलको बैठक चलिरहेको छ । यसपछि गठबन्धन दलका नेताहरुबीच बैठक बसेर मुख्यमन्त्रीको दावी पेस गर्न जाने गाहाले बताए । आइतबार नै दावी गर्ने तयारी थालेको सत्ता गठबन्धन केन्द्रको निर्णय नआएका कारण रोकिएको हो । गण्डकीमा कांग्रेस र एकीकृत समाजवादी बाहेकको सरकार बन्दै छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको हस्ताक्षर संकलन गरिएको उनले बताए । पहिलो दल कांग्रेससँग २७ सीट छ भने स्वतन्त्र जितेर एसमा पसेका राजीव गुरुङ (दीपक मनाङे) पनि प्रतिपक्षमा हुने छन् । मुख्यमन्त्रीमा दावी गर्नुअघि नै मन्त्रालयको समेत बाँडफाँट भैसक्ने बताइएको छ । क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ विद्युत् खपत तीन गुणाले बढ्यो ट्रेण्डिङ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा सेयर बजारमा ३८.८१ अंकले ओरालो मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा सेयर बजारमा ३८.८१ अंकले ओरालो