गृहपृष्ठ ∕ प्रदेश ∕ गण्डकी प्रदेश ∕ गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री Karobarpati सोमबार, २०७९ पुस २५ गते, १०:१९ मा प्रकाशित पोखरा – गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई आह्वान गरेका थिए । उनले दिएको समय आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावीका लागि जाने बुझिएको छ । एमाले सांसद रोशन गाहाका अनुसार ३२ जना सांसदको हस्ताक्षर तयार भैसकेको छ । अहिले त्यसैका लागि एमाले संसदीय दलको बैठक चलिरहेको छ । यसपछि गठबन्धन दलका नेताहरुबीच बैठक बसेर मुख्यमन्त्रीको दावी पेस गर्न जाने गाहाले बताए । आइतबार नै दावी गर्ने तयारी थालेको सत्ता गठबन्धन केन्द्रको निर्णय नआएका कारण रोकिएको हो । गण्डकीमा कांग्रेस र एकीकृत समाजवादी बाहेकको सरकार बन्दै छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको हस्ताक्षर संकलन गरिएको उनले बताए । पहिलो दल कांग्रेससँग २७ सीट छ भने स्वतन्त्र जितेर एसमा पसेका राजीव गुरुङ (दीपक मनाङे) पनि प्रतिपक्षमा हुने छन् । मुख्यमन्त्रीमा दावी गर्नुअघि नै मन्त्रालयको समेत बाँडफाँट भैसक्ने बताइएको छ । क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ शिवरात्रिको महत्व र इतिहास ३ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ४ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ५ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ६ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ७ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ट्रेण्डिङ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने एनआईसी एशिया लघुवित्तद्धारा लाभांशको घोषणा आज राष्ट्रियसभा निर्वाचन, आठ मतदानस्थल , १४ केन्द्र गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने एनआईसी एशिया लघुवित्तद्धारा लाभांशको घोषणा आज राष्ट्रियसभा निर्वाचन, आठ मतदानस्थल , १४ केन्द्र गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने