काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा पुस ३० गते बस्ने भएको छ ।
उक्त सभा भक्तपुरको घलाँतेस्थित योयो बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
लघुवित्त संस्थाको पुस ८ गते बसेको सञ्चालक समितिको २४७ औं बैठकले कम्पनीको १२ औ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।
त्यस्तै उक्त बैंठकले गत आर्थिक २०७८/७९ नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजीको २३ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
त्यस्तै, अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने-गाभिने सम्बन्धि सम्पूण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ । पुस १९ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।