२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठखेलकुदयुरोकप २०२० आज तीन खेल हुँदै

युरोकप २०२० आज तीन खेल हुँदै


 

काठमाडौं । युरोकप २०२० फुटबलमा आज तीन खेल हुँदैछ ।

साँझ पौने ७ बजेको पहिलो खेलमा समूह ‘बी’को फिनल्याण्ड र रसिया सेन्ट पिटर्सबर्गमा भिड्नेछन ।

यस अघि फिनल्यान्डले डेनमार्कलाई समूह चरणको पहिलो खेलमा १-० ले हराएको थियो । फिनल्याण्ड आजको खेलबाट लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । त्यस्तै पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजित भएको रसिया दोस्रो खेलबाट जितको खोजीमा हुनेछ ।

आजै राति पौने १० बजे बाकुमा हुने समूह ‘ए’को पहिलो खेलमा टर्की र वेल्स भिड्नेछन् । यी दुवै टोली आजको खेलबाट पहिलो जितको खोजीमा मैदान उत्रिनेछन् । समूह चरणको पहिलो खेलमा वेल्सले स्विट्जरल्याण्डसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो भने टर्की भने इटालीसँग ३-० ले पराजित भएको थियो ।

वेल्स १ अंकमा समूह चरणको तेस्रो स्थानमा छ भने अंकविहीन टर्की तालिकाको पुछारमा छ । मध्यराति हुने समूह ‘ए’को अर्को खेलमा इटाली र स्विट्जरल्याण्ड खेल्दै छन् । रोममा हुने खेलमा स्वीटरल्याण्ड घरेलु टोलीलाई हराउँदै पहिलो जित निकाल्न चाहन्छ ।


क्याटेगोरी : खेलकुद



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ