गृहपृष्ठ ∕ खेलकुद ∕ रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना Karobarpati बुधबार, २०८१ असार ५ गते, १०:३७ मा प्रकाशित काठमाडौँ । नेपालका कप्तान रोहित पौडेलसँग आक्रमक व्यवहार देखाएका बंगलादेशका बलर तान्जिम हसन सकिबलाई म्याच फिसको १५ प्रतिशत जरिवाना गरिएको छ । जारी टी-२० विश्वकप अन्तर्गतको खेलका क्रममा आइसीसीले सकिबले आइसीसीको नियम विपरित व्यवहार गरेको भन्दै म्याच फिसको १५ प्रतिशत जरिवाना गरेको हो । नेपाल र बंगलादेशविरुद्धको खेलमा बलिङ गर्ने क्रममा सकिबले खेलको तेस्रो ओभरपछि आक्रामक हुदै भनाभन गरेका थिए । आइसीसीले सकिबले खेलको तेस्रो ओभरपछि नेपालका कप्तान रोहित पौडेलको नजिक गएर आक्रामक व्यवहार देखाउदै गलत तरिकाले फिजिकल सम्पर्क गरेको उल्लेख गरेको छ । त्यसपछि दुवै खेलाडी बीच भनाभन भएको र एम्पायरले दुवैलाई अलग गरेका थिए । सकिबको गलत व्यवहार बारे एम्पायरले सोहि समयमा बंगलादेशका कप्तान नाजमुल होसैन शन्तोलाई जानकारी गराएका थिए । आइसीसीले जरिवानाको अलावा सकिबलाई एक डिमेरिट अंक समेत दिएको छ । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए टर्कीको युरोकपमा विजयी शुरुवात टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै धेरै पढिएका १ स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक २ महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ५ नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न ६ सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने ७ एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन ट्रेण्डिङ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ?