काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपको दोस्रो चरणको छनोट खेलमा चाइनिज ताइपेईसँगको खेलमा नेपालले जित निकालेकाे छ ।
कुवेतको जाबेर अल-अहमद अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार राति भएको खेलमा अजन विष्ट र नवयुग श्रेष्ठले एक-एक गाेल गरेसँगै नेपालले ताइपेइलाई २-० गोल अन्तरले पाराजित गरेको हो।
खेलको सुरुवातमै चाइनिज ताइपेईका खेलाडीले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि नेपालले पाएको पेनाल्टीलाई सदुपयोग गदै अन्जन विष्टले नेपालका लागि पहिलो गोल गरे त्यस्तै दोस्रो हाफमा सुनिल बलको स्थानमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले सुमन अर्यालको क्रसमा गोल गरे ।
विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना नभए पनि एसियन कपको तेस्रो चरण पुग्नका लागि भने ताइपेईसितको खेल महत्वपूणर् थियो । नेपालको यो जितसँगै नेपाल आफ्नो समूहमा ६ खेलबाट ६ अंक पाएको छ । विश्वकप छनोटमा हालसम्म एक खेलमा मात्र जितेको नेपालले चार खेलमा पराजित भएको छ ।
नेपालले दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।