२०८२ वैशाख २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं महानगरपालिकाले मेट्रो रेलको सम्भाव्यता अध्ययनलाई प्राथमिकता दिने

काठमाडौं महानगरपालिकाले मेट्रो रेलको सम्भाव्यता अध्ययनलाई प्राथमिकता दिने


काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ९आव०मा मेट्रो रेलको सम्भाव्यता अध्ययनलाई प्राथमिकता दिने भएको छ । भर्खरै सार्वजनिक भएको आगामी आवको बजेटमा मेट्रो रेल सम्भाव्यता अध्ययनका लागि समेत बजेट विनियोजन गरिएको हो ।

महानगरकी उप–मेयर सुनिता डंगोलले आगामी आवका लागि सार्वजनिक गरेको बजेटमा मेट्रो रेल सम्भाव्यता अध्ययनलाई समाबेस गरेको बताएकी छन् । यसअघि उपत्यका भित्र मेट्रो रेल ल्याउन ५ वटा लाइन सर्भे भएको थियो । एउटा लाइनको सातदोबाटो, रत्नपार्क,नारायण गोपाल चोकमा मेट्रो रेल गुडाउनका लागि डिपिआर, डिजेल डिजाइनको काम अघि बढाउन परामर्शदाता छनोटका प्रकृया समेत अघि सारिएको थियो ।

पाँच वटा लाइनमा निर्माणको अध्ययन भएको भए पनि सातदोबाटो,रत्नपार्क,नारायण गोपाल चोकसम्मका लागि अध्ययन गर्ने तयारी भयो तर त्यो अघि बढ्न भने सकेन । सन् २०१२ मा तयार भएको रिपोर्ट अनुसार मेट्रो रेल निर्माण प्रति किलोमिटर ३ अर्ब खर्च हुने अनुमान गरिएको थियो । जसमा कुल ७८ किलोमिटर लामो बनाउने निर्णय गरिएको थियो । तर, हाल यस योजनाको प्रारम्भिक अध्ययन भएको १० वर्ष वितिसकेको छ ।

त्यसबेलाका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि समिति नै बनाएर अध्ययन गर्न निर्देशन दिइएको थियो तर यो योजना भने हालसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन ।

 


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #मेट्रो रेल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ